Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

रवीन्द्र मिश्रले पार्टी फुटाउनु भयोः मिलन पाण्डे


विवेकशील साझा पार्टीले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको चर्चित प्रतिवेदन पारित गरेपछि सो पार्टीका संयोजक मिलन पाण्डेले पार्टी फुटाएको प्रतिक्रिया दिएका छन् । मिश्रको प्रतिवेदनमा संघीयता खारेज गर्ने र राजतन्त्र तथा हिन्दु धर्मबारे जनमत संग्रह गर्ने उल्लेख छ ।

पाण्डे समूहले यसको काउन्टरमा अर्को प्रतिवेदन ल्याएको थियो । तर, आज पार्टीले मिश्रको प्रतिवेदन पारित गरेपछि पार्टी दोस्रो पटक विभाजनको डिलमा पुगेको छ । संयोजक पाण्डेले अनाधिकृत बैठक गरेर प्रतिवेदन पारित गरेको प्रतिक्रिया दिए । उनले आजको बैठकमा आफ्नो समूहका सदस्यहरु सहभागी नभएको बताए । उनले मिश्रलाई एकलौटी रुपमा बैठक बोलाउने अधिकार नै नभएको दाबी गरे ।

उनले भने, ‘उहाँहरुसँग बहुमत नै छैन । छ भन्ने लाग्छ भने अब अदालत र निर्वाचन आयोगमा भेट हुन्छ । मिश्रले दोस्रो पटक पार्टी फुटाउनु भयो ।’ यसअघि पनि विवेकशील साझा पार्टी विभाजित भएको थियो । र पछि फेरि एकीकरण भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार