Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण


पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला चढाएको छ । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शिव सेना नेपालले आज सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला चढाइएको हो ।

हरेक वर्षजस्तै यसवर्ष पनि पृथ्वी जयन्ती मनाउनेक्रममा १०८ केजीको माला पहिराइएको शिव सेना नेपालका गुरु खगेन्द्र पोख्रेलले जानकारी दिए । पृथ्वी जयन्ती प्रत्येक वर्ष पौष २७ गते मनाइन्छ । सरकारले आजको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक बिदा दिएको छ ।

राजा पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणका लागि पुर्याएको योगदानको स्मरणमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । पृथ्वीनारायण शाहको जन्म विसं १७७९ पौष २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको घरमा भएको थियो । १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भए । यसअघि नेपाल ५२ वटा राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिष्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सिमाना विस्तार गर्न सफल भए । पृथ्वीनारायणको मृत्यु पछि, उनका उत्तराधिकारीहरूले पश्चिममा कांगडाको किल्लासम्म नेपाल राज्य विस्तार गर्न काम गरे ।

विसं १८०१ मा पृथ्वीनारायण शाहले नुवाकोटलाई जितेका थिए । पच्चीस वर्षपछि विसं १८२६ मा उनले काठमाडौं उपत्यकालाई जितेका थिए। नेपाल उपत्यका जितेर पृथ्वीनारायण शाहले देशको सिमाना विस्तार गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार