Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

निजी सवारी दुर्घटना हुँदा ४ को मृत्यु, एकजना गम्भिर घाइते


हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट–चित्लाङ सडक खण्डको पानीघाट भन्दा माथि हिमचुली सेतो पहरामा शनिबार दिउँसो निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । एक बालक गम्भिर घाइते भएका छन् ।

थानकोटबाट चित्लाङतर्फ गइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

कार दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका– २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको एसपी ढुंगेलले बताए । एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए ।

६ वर्षीय स्मारिका गौतम भने गम्भिर घाइते भएकी छिन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था पनि गम्भीर छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहररू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ ।

हेटौंडा–काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार