Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

सर्वोच्च अदालतभित्रै न्यायाधीश गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास


जवर्जजस्ती करणीको मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसर भित्रै आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालत परिसर भित्रै पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन्। भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल खन्याइन् र आगो सल्काउन खोजिन् । उनले हतार हतार जिउमा पेट्रोल खन्याएर आगो सल्काउनै लाग्दा प्रहरीले देखेपछि उनलाई रोकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

त्यसपछि अर्धचेत देखिएकी गिरीलाई विर अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन्। यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन्। आरतीले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो। पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार