Logo
३१ श्रावण २०८३, आईतवार
|  Mon Aug 17 2026

मध्यरातमा रविलाई अर्को तनाव, हतारहतार लेखे यस्तो स्टाटस


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टिभीको शेयर किनबेचका क्रममा आफूले आर्थिक लेनादेना नगरेको दाबी गरिरहँदा लामिछाने आफैंले १ करोड ८० लाख रुपैंयाँ बुझिलिएको उनको ल्याप्चे सहितको प्रमाण भने सार्वजनिक भएको छ ।

लामिछानेको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा भएको भौचर सहितको समाचार कान्तिपुर राष्ट्रिय दैनिकले सार्वजनिक गरेपछि त्यसलाई गलत प्रमाणित गर्न सोमबार साँझ पार्टी कार्यालयमा पूर्व बैंकर तथा पार्टीका नेता अनिलकेशरी शाह सहितलाई राखेर पत्रकार सम्मेलन गरेका लामिछानेले पैसा आफ्नो खातामा जम्मा नै नभएको आफूले पैसा लिँदै नलिएको जिकिर गरेपनि पैसा बुझिलिएको ल्याप्चे सहितको प्रमाण सार्वजनिक हुन लागेको सुइँको पाएपछि भने मध्यरातमा लामो स्टाटस लेखेका थिए ।

आफूले पैसा बुझिलिएको ल्याप्चे सहितको कागज नै सञ्चार माध्यमले प्रकाशित गर्न लागेको सुइँको पाएपछि लामिछानेले पैसा बुझिलिएको ल्याप्चेवाला कागज राती ११ बजे सार्वजनिक गरेका हुन् । तर, पत्रकार सम्मेलनमा भने उनले पैसा बुझेको कुरा पूरै गलत भएको भन्दै बारम्बार त्यसलाई झुट भनेका थिए । कसले आफ्नो खातामा १ करोड ८० लाख रुपैंयाँ जम्मा गर्न खोज्यो र किन गर्न खोज्यो भन्ने कुरा आफूलाई थाहा नभएको भन्दै उनले आफ्नो बदनामका लागि सारा बल लगाइएको दाबी गरेका थिए ।

सोमबार साँझ पत्रकार सम्मेलन गर्दै पैसा बुझिलिएको कुरा इन्कार गरेका लामिछानेले मध्यरातमा आफैले सार्वजनिक गरेको ल्याप्चेवाला कागजमा भने पैसा बुझिलिएको ठिक साँचो हो भनिएको छ ।
तर, लामिछानेले यो कागज उतिबेला कानुनी प्रकृयाका लागि मात्रै गरेको सोमबार मध्यरातको फेसबुक स्टाटसमा लेखेका छन् ।

उनको यो स्टाटस, ल्याप्चेवाला कागज र उनका जिकिरकाबीच केही कानुन व्यवसायीहरुले भने लामिछानेमाथि अब किर्ते अभियोग आकर्षित हुने आंकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार