Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृण खाँणलाई


प्रधानमन्त्री शेरवहादुर देउवाले आफू विदेश भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।

प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो । खाँण कार्यवाहक प्रधानमन्त्री भएको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ ।

प्रधानमन्त्री देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार