नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा नेकपा एमालेको पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । शुक्रबार चितवनको माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै यस्तो बताएका हुन् ।
त्यस्ता क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले खुलासा गरेका हुन् । अहिलेको सत्तारूढ गठबन्धनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको उनले बताए । अरू दललाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।
आउँदो चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको प्रचण्डले बताए । प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने सपना केपी ओलीका कारण सम्भव नभएको आरोप लगाएका छन्।





