Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीयको नेपाल प्रहरीद्धारा उद्धार


अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई काठमाडौं प्रहरी टोलीले उद्धार गरेको छ ।

काठमाडौं परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । करिब एक महिनाभन्दा बढी समयदेखि भारतीय नागरिकहरुलाई राजधानीको रातोपुलस्थित एक घरमा बन्धक बनाएर राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बुधबार खानतलासी गर्दा ११ जना भारतीय नागरिक रहेको खुलेको हो ।

यस्तै बन्धक बनाउने कार्यमा संलग्न ७ जना पनि पक्राउ परेका छन् । पीडितहरुले एजेन्टलाई ४५ लाखसम्म बुझाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार नेपाल ट्रान्जिट बनाएर दलालहरुले उनीहरुलाई अमेरिका लैजाने प्रयास गरेको खुलेको छ । उद्धार भएका पीडितहरु पन्जाव, हरिणानालगायतका स्थानको भएको बताइएको छ भने सबै पुरुष हुन् ।

विस्तृत विवरण आज सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार