Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

उत्तर कोरियाली शासक किमले फेरि घटाए २० किलो तौल


उत्तर कोरियाली शासक किम जोनको तौल करिब २० किलो कम भएको दक्षिण कोरियाले दाबी गरेको छ। उनको तौल ४४ पाउण्ड (करिब २० किलो) कम भएको दक्षिण कोरियाली सांसदलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

दक्षिण कोरियाको जासुसी संस्था (एनआईएस)ले सांसदहरुलाई गरेको ‘ब्रिफिङ’अनुसार किम स्वस्थ छन् र उत्तरको बिग्रदो आर्थिक अवस्थाका कारण दुब्लाएर जनतामा भ्रम छर्न लागिरहेका छन्। उनी यसअघि पनि केही घटेको समाचारहरु सार्वजनिक भएका थिए।

दक्षिणको जासुसी संस्थाले बिहीबार संसदीय ब्रिफिङका क्रममा विभिन्न प्रविधीको प्रयोग गर्दै किमको अवस्थाबारे विश्लेषण गरेको थियो। किमको सुपर रिजोलुसन भिडियोको जाँच गर्दै किमको स्थितिबारे विश्लेषण गरिएको बैठकमा भाग लिएका दुई सांसदले जानकारी दिएको ‘द गार्जिएन’ले जनाएको छ।

पछिल्लो समय किमको स्वास्थ्यमा निकै ध्यान दिइएको छ। किनकी राज्य नियन्त्रित सञ्चारमाध्यममा किमको दुब्लाएको भिडियो र फोटो देखाइएको छ। अहिलेसम्म सार्वजनिक रुपमा ३७ वर्षीय किमको उत्तराधिकारी घोषणा गरिएको छैन र केही विशेषज्ञले किममा देखिने समस्याले परमाणु-सशस्त्र मुलुकमा अराजकता उत्पन्न हुन सक्ने बताएका छन्।

लामो समयदेखि उत्तर कोरियाको पर्यवेक्षण गरिरहेकाहरुले किममा कुनै स्वास्थ्य समस्या नभएको र वजन कम हुनु शरीरलाई राम्रो बनाउने उनको प्रयासको परिणाम हो। तर उनका बारेमा अपुष्ट अफवाह आइरहेको छ। भिडियो एडिट गरिएको बारेको रिपोर्टलाई दक्षिण कोरियाको जासुसी संस्थाले खारेज गरिदिएको कानुनविद किम ब्युंग किले बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार