वर्तमान सत्तागठबन्धनले राजेन्द्र राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा अगाडि सारेको छ। मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादी पार्टीका नेता राईले मुख्मन्त्रीमा दावी पेश गरेका हुन्।
उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकार गठनको आह्वान गरेलगत्तै राईले बहुमत सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीको दावी पेश गरेका हुन्।
सत्तागठबन्धनले प्रदेश प्रमुख अधिकारीसमक्ष राईलाई मुख्यमन्त्री बनाउन ५० जना सांसद्को हस्ताक्षर बुझाएका छन्। उनको शपथग्रहण भोलि नै हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।





