Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रास्वपाले रविलाई सोधेर मात्रै निर्णय गर्ने


रास्वपाले पार्टी सभापति रवि लामिछाने रिहाईको माग गर्दै गरिरहेको आन्दोलन थप कसरी अघि बढाउने भन्ने विषयमा लामिछानेसँग परामर्श गर्ने भएको छ । ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको रास्वपाले कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको थियो । तर, बैठकले आन्दोलनको कार्यक्रमबारे कुनै निर्णय गर्न सकेन । बैठक बिना निष्कर्ष टुंगिएको थियो । रवि लामिछानेसँग नसोधी अघि बढ्न नहुने कुरामा रास्वपाका केही नेताहरुले जोडबल गरेपछि बैठक बुधबार दिउँसो बस्नेगरी टुंगिएको थियो ।

उपसभापति डीपी अर्यालले सभापति लामिछानेसँग भेटेर फर्किने र त्यसपछि मात्रै ८ गतेदेखि हुने आन्दोलनका कार्यक्रम निश्चित गर्ने रास्वपाको तयारी छ । सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनी प्रहरी हिरासतमा रहेपनि कार्यवाहक सभापति कसैलाई तोकिएको छैन । । लामिछानेले हिरासतबाटै पार्टी चलाइरहेका छन् । केहीदिनअघि हिरासतमै रास्वपाका दुई उपसभापति र कार्यबाहक प्रवक्ता सहितको बैठक लामिछानेले बसालेको खबर सार्वजनिक भएको थियो । पार्टीका सामान्य भन्दा सामान्य कुरा सोध्न पनि रास्वपाका नेताहरु हिरासतमा पुग्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार