Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

सुनसरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो गाँजा


सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि चार राउण्ड गोली चलाएको छ ।

चेकजाँचका क्रममा प्रहरीले गोली चलाएर गाँजासहित २ वटा गाडी नियन्त्रणमा लिएको हो।

प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार