Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित


नेकपा माओवादी केन्द्रले यही २३ र २४ गते हुने अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको पार्टीका एक नेताले बताए । उनका अनुसार उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्नेछ ।

‘विद्यार्थीको सम्मेलनको विषयमा आज कुनै निर्णय नभएको र त्यसका लागि २७ गते स्थायी समिति बैठक बोलाउने निर्णय भएको जनाइएको छ । विवादित विषयमा मोडालिटी तयार गरेपछि सम्मेलनको मिति घोषणाा हुने समेत जनाइएको छ ।

यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो । नेतृत्वको छनोटलाई लिएर पार्टीका शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि विवाद समाधानको मुद्दा पेचिलो बन्दै गएको विद्यार्थी नेताहरूको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !
विचार