Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

भुटानी राजा नेपालमा, परराष्ट्रमन्त्री राणाले विमानस्थलमा गरिन् स्वागत


भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।

उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।

भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

औपचारिक भेटवार्ताको तालिका भने सार्वजनिक भएको छैन । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनीहरूले फर्किने क्रममा काठमाडौंमा भ्रमण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार