राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
२ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ । २
० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको रास्वपाले जनाएको छ । ‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ,’ उजुरीमा भनिएको छ ।
राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख गरेको छ । लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले गरेको छ ।
राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षाका लागि मानवअधिकार आयोगबाट सक्रिय कदमको अपेक्षा रास्वपाले गरेको छ । कात्तिक २ गते काठमाडौंको चःमतीबाट पक्राउ परेका लामिछानेलाई सहकारीको रकम अपचलन संगठित अपराध र सम्पती शुद्धिकरण मुद्धामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२ गते पक्राउ परे लगत्तै पोखरा पु¥याइएका लामिछानेलाई कास्की, बुटवल, काठमाडौं र चितवनमा सहकारीको रकम अपचलन गरेको आरोपमा बयान लिइसको छ । अब उनलाई पर्सा लैजाने तयारी भइरहको प्रहरी स्रोतले जनाएको छ । अझै अनुसन्धान थप गर्नुपर्ने भन्दै लामिछानेलाई म्याद थपको माग गर्न प्रहरीले आज कास्की अदालत उपस्थित गराइएको छ ।
काठमाडौंमा बयान सकिन्नासाथ चितवन पु¥याइएका लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराउँदै गर्दा रवि समर्थक र प्रहरीबिच धकेला धकेल भएको थियो । त्यस समयमा प्रहरीले केहि थान अस्स्र्रु ग्याँस र पानीको फोहोरासमेत हान्नु परेको भन्दै बयान सक्किएर रविलाई दिनमा पोखरा लैैजाँदा थप घटना घट्न सक्ने स्थितिलाई मध्यनजर गर्दै प्रहरीले रातारात पोखरा लगिएको बताएको छ ।