Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप


सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।

लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेविरुद्ध पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ । चितवन, बुटवल र काठमाडौँमा उनको बयान भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार