सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजै लिने तयारी गरिएको छ ।
कास्की प्रहरीको हिरासतबाट प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सा लगिएका रविको बयान आज राति र भोलि बिहान लिने तयारी गरिएको हो ।
लिखित र मौखिक बयान गराएर भोलि दिउँसो पर्साबाट पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै रविलाई पर्सा पुर्याएपछि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रविका समर्थकले नाराबाजी गरिरहेका छन् ।