Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

एमएस नेपाल २०२४ कि विजेता रेश्मा घिमिरेले सुरु गरिन् घरेलु हिंसाविरुद्ध जनचेतना जगाउने अभियान


एमएस नेपाल २०२४ कि विजेता रेश्मा घिमिरेले घरेलु हिंसाविरुद्ध जनचेतना जगाउने अभियान सूरु गरेकी छिन् ।

शिक्षण पेशामा आवद्ध रेश्माले मीनभवनस्थित एनके सिंह मेमोरियल इंगलिश प्रिपेरेटोरी सेकेन्डरी स्कुल (इपीएस) स्कुलमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै यस अभियानलाई निरन्तरता दिने बताईन् ।

‘घरेलु हिंसा के हो र किन यसलाई न्युनिकरण गर्नुपर्छ भन्ने आवाज उठाएरै म एमएस नेपालको विजेता भएको हो ।’ रेश्माले भनिन्, ‘आगामि दिनमा पनि जनचेतनामुलक यस्ता अभियानलाई निरन्तरता दिनेछु ।’ घरेलु हिंसा महिलालाई मात्र नभई पुरुषहरुमाथि पनि हुने गरेको उनले बताईन् । घर वा स्कुलमा वालवालिकाहरुलाई घरेलु हिंसाबारे ज्ञान दिनुपर्नेमा रेश्माले जोड दिईन् । यदि वालवालिकाहरु समयमै सचेत हुने हो भने समाजमा भईरहेका नकारात्मक र दुखद घटनाहरुमा कमी आउने उनले विश्वास व्यक्त गरिन् ।

जनचेतनाका कार्यक्रमहरु स्कुलदेखी नै गरिनुपर्ने बताउँछिन्, मिसेज नेपाल वल्र्ड २०२४ कि विजेता डाक्टर डेनिला कार्की । ‘सानो उमेरदेखी नै घरेलु हिंसाबारे सिकाउने हो भने प्रभावकारी हुन्छ ।’ कार्कीले भनिन्, ‘ग्रामिण क्षेत्रमा अझै जनचेतना जगाउनुपर्छ । कानुन पनि बलियो बनाउनुपर्छ ।’ महिलाहरुले आफ्ना लागि आफै आवाज उठाउन उनले जोड दिईन् ।

मीनभवनस्थित इपीएस स्कुलका विद्यार्थीहरुले घरेलु हिंसा अन्त्यका लागि आ–आफ्नो मन्तब्य दिएका थिए । यस्तै घरेलु हिंसाका घटनाहरु न्युनिकरण गर्न बिभिन्न प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार