Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

चोभारको कवाडी सङ्कलन केन्द्रमा आगलागी


काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । कवाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार आगोे निभाउने काम भइरहेको छ तर, जस्ता बढी भएका कारण आगो नियन्त्रणमा लिन गाह्रो भएको छ । स्काइभेटर मगाएर जस्ता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको एक प्रहरीले बताए ।

करिब आधा आगो नियन्त्रणमा आएको उनले बताए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार