Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रवि जोडिएको मुद्धाको अनुसन्धान अन्तिम चरणमा, आज सातौँपटक अदालतमा उपस्थित गराइँदै


सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सातौँपटक अदालतमा उपस्थित गराइँदै छ । सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकाले बुधबार नै पोखरा लैजान लागिएको कास्की प्रहरी स्रोतले जनाएको छ ।

लामिछानेलाई हवाईमार्गबाट काठमाडौं हुँदै पोखरा लैजान लागेको जिल्ला प्रहरी कार्यालय प्रर्साले जनाएको छ । प्रहरीका अनुसार हवाई टिकट मिल्नेबित्तिकै लामिछानेलाई पोखरा लगिनेछ । पर्सामा मंगलबार उनको बयान सकिएको छ । ५४ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेको कास्की, रूपन्देही, काठमाडौँ, चितवन र पर्सा जिल्लामा बयान भइसकेको छ।

सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पु¥याएको हो।
यस्तै प्रहरीले सानो पाइला सहकारीमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई स्थलमार्गबाटै पर्साबाट पुनः पोखरा पु¥याएको छ।

पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो। तत्कालीन समयमा गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशक रहेको बेला सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानले देखाएको छ ।

पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो । त्यसको सुरुवात्मा परिचय खण्ड थिए भने अन्यमा मुद्दासँग सम्बन्धित विषय थिए ।
पुस ५ गते अघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ।

रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुने छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ, चितवनमा बयानका लागि लगिएको थियो । त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ ।

बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो । मुख्य आरोपी जीबी राई भने हालसम्म फरार छन् । उनको खोजी कार्या भैरहेको प्रहरीले जनाएको छ ।

लामिछानेलाई रुपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो । आज लामिछानेलाई सातौं पटक अदालतमा उपस्थित गराउँन लागिएको होे ।

यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँपटक ४ दिन म्याद थप गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार