Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रविलाई सिमरा विमानस्थल पुर्‍याइयो, पृथ्वीचोकमा प्रदर्शनको तयारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा लगिदैछ । उनलाई बयानका लागि दुई दिनअघि पर्सा लगिएको थियो ।

सिमराबाट हवाई उडानमार्फत पोखरा लैजान लागिएको हो । रवि अहिले सिमरा विमानस्थलमा छन् ।

पोखरामा रविलाई ल्याइँदै गर्दा स्वतन्त्र युवाहरू प्रदर्शनको तयारीमा छन् । अभियन्ता हेमराज थापाको नेतृत्वमा पोखराको पृथ्वी चोकमा प्रदर्शन गर्न लागिएको छ स्रोतले जनाएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीमा भएको ठगी सम्बन्धमा रविलाई समेत जोडेर उजुरी दर्ता भएको थियो । यसैको अनुसन्धानमा उनलाई वीरगञ्ज लगिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले हिजो एकै दिनमा बयान सिध्याएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार