Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु


जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन रहेका छन् ।

यस्तै ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । एक एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार