Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

मनकामना केबलकारको सेवा पौष १ र २ गते बन्द हुने


मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालि स्रोतका अनुसार मर्मत सम्भारका लागि भोलि पुस १ र पर्सि २ गते सेवा बन्द गर्न लागिएको हो।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको र मर्मतपछि पुस ३ गते बुधवारदेखि नियमित सञ्चालन गरिने मनकामना दर्शन प्रालि स्रोतले जनाएको छ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक २०५५ साल मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबलकारको प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार