
नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा आएको सुदुरले ७ विकेट गुमाएर १५३ रन बनायो।
सुदुरका लागि ब्राण्डन म्याकमुलेन २३, कप्तान दिपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हर्मित सिंह १३, इसान पाण्डे १०, सैफ जेव ९, स्कट कुग्गेलिज्जेन २ रन बनाए भने आरिफ शेख ४२ रन र नरेश बुढायर ६ रनको अविजित पारी खेले।
पोखराका लागि कप्तान कुशल भुर्तेल दुई, सागर ढकाल, माइकल लिस्क र रेमन रेफरले समान एकएक विकेट लिए।