Logo
६ माघ २०८२, मंगलवार
|  Tue Jan 20 2026

काठमाडौंका पूर्वमेयर सिंहको निधन


काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ।

सोमबार बिहान १ बजे चाक्सीबारीस्थित निजी निवासमा उनको निधन भएको हो।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। गतवर्ष मात्रै उनको पेटको शल्यक्रिया गरिएको थियो।

उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए। उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए।

उनको निधनमा काठमाडौं महानगरले सोमबार सार्वजनिक विदा दिएको छ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेसम्म निवास चाक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ।

उनको आजै अन्त्येष्टि गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार