Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस


राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज राष्ट्रिय झण्डा दिवस मनाएको छ । दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा नागरिकहरुको एक समूहले राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ ।

२०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा अंगिकृत गरिएको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि दिवसको रुपमा मनाउने गरेको छ ।

पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने मत प्रतिष्ठानको छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार