Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

१७ वर्षीया सरिताको हत्या आरोपमा २४ वर्षीय युवक पक्राउ


काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजनालाई युवकलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आरोपी काठमाडौँ–१४ स्थित खड्का गाउँबाट पक्राउ परेका हुन् । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् । चन्द्रागिरी नगरपालिका–१० सतुंगल स्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।

आरोपीको साथबाट मृतकको मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदन कक्षा १० मा अध्ययनरत थिइन् । हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार