Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित


नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।

निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगम स्रोतले जनाएको छ ।

स्रोतका अनुसार देउमान जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमा आएका थिए ।

उनलाई विमानस्थलमा अवतरण हुनेवित्तिकै केएमसी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउना साथ अस्पतालले मृत घोषणा गरेको जनाइएको छ ।

मृतक देउमान ५३ वर्षका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार