Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

सहकारी प्रकरणः साई स्वागतका अध्यक्ष भरत जंगम पक्राउ


साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्।

जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंका अनुसार प्रहरीले उनलाई पक्राउ गरी आइतबार म्याद थप गर्न अदालतमा पेस भएको छ।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार उनीमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न माग गरेको छ।

कति दिन हिरासतमा राख्न अनुमति दिएको भन्ने खुलिसकेको छैन। यस सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष थिइन्।


प्रतिक्रिया दिनुहोस !
विचार