Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

सडकमा फोहोर पानी फाल्नेलाई काठमाडौं महानगरले गरायो १५ हजार जरिवाना


काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाको ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई जरिवाना गरेको हो ।

काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ ।

पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार