Logo
३० श्रावण २०८३, शनिबार
|  Sat Aug 15 2026

रविको ठाउँमा डिपीले पाए कार्यवाहक सभापतिको जिम्मेवारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि आज बसेको सचिवालय बैठकले अर्याललाई जिम्मेवारी दिएको हो। सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।

मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। यद्यपी, सभामुख देवराज घिमिरले अहिलेसम्म निर्णय गरेका छैनन्।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको अभियोग लाइएको छ ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा कैदको सजाय नपाएको व्यक्तिमात्रै दलको सदस्य बन्न सक्ने छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछाने दोषी ठहर भएको खण्डमा मौजुदा कानुनले उनलाई दलको सदस्यसमेत हुन दिँदैन ।


प्रतिक्रिया दिनुहोस !
विचार