Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

दाँतको उपचार गर्दा बालिकाले सुईको ढक्कन निलेपछि घटनाले लियो उग्ररुप


रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा दाँतको उपचारका लागि गएकी एक बालिकाले सुई लगाउनका लागि तयार ढक्कन निलेपछि तनाव उत्पन्न भएको छ । बिरामीका आफन्तले स्वास्थ्यकर्मीको गम्भीर लापरवाहीका कारण बच्चाले सुई निलेको विषय बाहिर ल्याएपछि घटनाले उग्ररुप लिएको हो ।

आइतबार दाँतबाट पिप निस्किने समस्या भएर उपचारका लागि अस्पताल पुगेकी ८ वर्षीया बालिका सुनिता कोहारको लगाउनुपर्ने सुई (ढक्कन) पेटभित्र गएको बताइएको हो । उनकी आमा आशा कोहारका अनुसार उनलाई उपचारका लागि आइतबार ९ बजे अस्पताल लगिएको थियो । उनको १० बजे चेकअप भएको र असहज भएपछि एक्सरे गरी हेर्दा सुई पेटमा गएको बताइएको छ ।

बालिकालाई अहिले दिशा गर्न पनि समस्या भइरहेको छ । तर अस्पतालका स्वास्थ्यकर्मीहरुले भने सुई नभएर त्यसको ढक्कन भएको र त्यो बच्चाको दिसाबाट बाहिर आउने बताइरहेका छन् ।

बिरामीका आमा आशाले सुई पेटभित्र जाँदासमेत अस्पतालले घरमा पठाइदिएकाले छोरीलाई अहिले घरमा ल्याएर राखेको बताइन् । साथै अस्पतालले उपचारका लागि धेरै खर्च लाग्ने बताएको समेत उनले बताइन् ।

बालिकाको उपचार डा. संगिता पन्थीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार