Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

इटहरीमा भेटिएको शङ्कास्पद झोलाभित्र पर्चा


इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ। कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ ।

स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको इटहरी प्रहरीले जनाएको छ ।

बिहान इटहरी उप महानगरपालिका अगाडी शङ्कास्पद बस्तु फेला परेको थियो । यस्तै सुनसरी र मोरङ जोड्ने बुढी खोलाको पुलमुनि समेत शङ्कास्पद झोला फेला परेको थियो ।

शङ्कास्पद बस्तु फेला परेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार