पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए हुन् ।
बैठकमा नेकपा (एमाले)का सांसद वासुदेवले शेरा दरबार प्रकरणलाई लिएर प्रश्न सोधेका थिए । जवाफमा प्रचण्डले भने, “जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्,“ उनले भने ।
आफ्नै पार्टीका सांसद भए पनि कारबाही गर्नुपर्छ भनेर आफूले भनेको उनको भनाइ छ । उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।