Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविलाई निकिताले इजलासमै लगाइदिइन् टीका


रवि लामिछानेलाई पत्नी निकिताले इजलासमै टीका लगाइदिएकी छन् । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भ भएको छ ।

थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित भएका रविलाई उनकी पत्नी निकिताले स्वस्थानी व्रत आरम्भको रातो टीका लगाइदिएकी हुन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

तर आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो । आज बिहान अदालत खुलेपछि उनलाई प्रहरीले इजलासमा उपस्थित गराएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार