Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

बालेनसँग सहकार्य गर्न म तयार छुः भिम रावल


मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले काठमाडौं महानगरका मेयर बालेन शाहसँगको सम्भावित सहकार्यमा आफू खुला रहेको बताएका छन् । धनगढी पुगेका नेता रावलले बालेनबारे सोधेको प्रश्नमा भने, ‘यो देशको हित चाहने, अहिलेको अवस्थामा देश भएन ।

अहिले ठूला राजनीतिक दलहरू भागबन्डामा केन्द्रित भएका छन् । त्यसैले राष्ट्रसहितमा अगाडि बढ्ने बालेनजी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं ।’ नेता रावलले आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने बताए ।

उनले एमालेले आफूलाई राजावादीसँग साँठगाँठ ग¥यो भन्नुभन्दा पनि आफ्नो पार्टीमा कस्ताकस्ता मान्छे छन् हेर्न सुझाव दिए । रावलले आफूलाई राजावादीसँग साँठगाँठ गरेको आरोपको अस्वीकार गरेका छन् ।

उनले भने, ‘नेपालमा विभिन्न समूहहरू छ्न् । नागरिक, बुद्धिजीवी, राजनीतिक दलसँग आवद्ध व्यक्तिहरू छन् । उहाँहरूसँग छलफल गरेर अघि बढ्छु । मैले भनेकै हुनुपर्छ भन्ने छैन । सबैसँग छलफल गरेर नै अघि बढ्ने हो । हामीले आफ्नो नीतिसहित अभियान सुरू गरेका छौं । अब छलफलको क्रममा सबैसँग हामी खुला छौं ।’


प्रतिक्रिया दिनुहोस !
विचार