Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

छविलाल जोशीको न्यायाधीश खरेलको इजलासमा बयान र थुनछेक बहस चल्दै


पूर्वडीआईजी छविलाल जोशीको न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा बयान र थुनछेक बहस सुरु भएको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेका उनी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको थुनछेक बहस भइरहेको जनाइएको छ ।

उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार