Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रुपन्देही अदालतमा रविको बयान जारी


रास्वपाका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान जारी रहेको छ । उनीविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दा जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको ५ नं इजलासमा परेको छ ।

न्यायाशीस योगीले उनको बयान लिइरहेका छन् । लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार बिहान अदालत खुल्नासाथ १० बजे नै अदालत पुगेका थिए । उनी पुगे लगत्तै अदालतले उनलाई हाजिर गराएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेकाले उनैले बयान सुरु भएको बताए । बयान सकिएपछि बहस हुनेछ र त्यसपछि थुनछेक बहस हुनेछ ।

लामिछानेको सचिवालय स्रोतका अनुसार काठमाडौंबाट बढीमा तिन जना वकिल जाने छन् ।

वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल बुधबार नै भैरहवा पुगिसकेका छन् । त्यसैगरी डा. नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायी काठमाडौंबाटै आउने उनको सचिवालय स्रोतले बतायो । रुपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले बहस गर्ने सम्भावना छ ।

पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी तथा सरकारी वकिल १२ जना तयारीमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार