Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्ने प्रधानमन्त्रीको सङ्केत


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टाक्स फोर्सको कालोसूचीमा पर्ने प्रस्ट सङ्केत गरेका छन् । शुक्रबारदेखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्ले समयमा कानुन नबनाइदिँदाको परिणाम अहिले देखिएको बताएका हुन् ।

‘मैले आज विनम्रतापूर्वक यो कुरालाई राख्नै पर्छ । सरकारले ल्याएको विधेयकलाई संसद्ले ९० दिन मात्र पारित गरेन भने वैकल्पिक व्यवस्था गर्छ । सरकारले समयमा कानुन पास नगर्दा देशलाई कुन हदसम्मको क्षति हुन्छ भन्ने कुरा मनि लाउन्डिरिङको मुद्दामा देखि÷भोगिसकेका छौँ,’ प्रधानमन्त्री ओलीले भने– ‘अघिल्ला सरकारको समयमा भएका बेवास्ता र लापरबाहीको परिणाम अहिले मुलुकले भोग्नुपर्ने भएको छ । हाम्रो देश ग्रेलिस्टमा पर्ने खतरा बढेको छ ।’

यसअघि नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पनि यस्तै सङ्केत गरेका थिए । उनले देश ग्रेलिस्टमा प¥यो भने पनि छिटै बाहिर आउने आधार तय भइसकेको भन्दै यसको सङ्केत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार