Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रवि लामिछानेको चितवन अदालतमा बयान सुरु, आजै आदेश आउला ?


रवि लामिछानेविरुद्ध साहारा चितवन सहकारी ठगी प्रकरणमा परेको मुद्धामा बयान सुरु भएको छ । प्रतिवादी लामिछानको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा भइरहेको जनाइएको छ ।

उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

रास्वपा सभापति लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार चितवनमा मुद्दा दायर भएको थियो । १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अपराधमा मुद्दा दर्ता भए पनि रविविरुद्ध भने ठगी मुद्दा मात्र दर्ता भएको थियो ।

कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काज सरुवा गरिएको थियो ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताएका थिए ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ ।

यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।


प्रतिक्रिया दिनुहोस !
विचार