Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रक कारवाहीमा, सिधै थुन्न आदेश


मन्त्रीको गाडीलाई साइड नदिएको आरोपमा ३ ट्रक चालकहरुलाई कारबाही गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको भन्दै ३ वटा ट्रक चालकहरूलाई कारबाही गरिएको हो ।

हुलाकी राजमार्गको कपिलवस्तु नगरपालिका सडक खण्डमा मन्त्री कार्कीको गाडी लु १ झ ७३८ पश्चिमबाट पूर्व तर्फ तीव्र गतिमा जाँदै गर्दा साइड नदिएको आरोपमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका ट्रकलाई ५ सय रुपैयाँ दरले जरिवाना गरिएको छ ।

मन्त्रीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले ट्रक चालकहरूलाई रोकेर ट्राफिकलाई जर्जस्ती कारबाही गर्न निर्देशन दिएका थिए। ट्रक चालकहरूले भने सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन्।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका एक ट्रक चालक भने, ‘हामी सामान्य गतिमा थियौँ। एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेस्र्यायो र ट्राफिक बोलाएर जबर्जस्ती जरिवाना तिरायो।’ उनले थप गुनासो गर्दै भने, ‘मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले सामान्य कारबाही मात्रै गरेर छाडेको छ।’

बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्य कार्यक्रमका लागि हिँडेका मन्त्री कार्कीको गाडी तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन्। मन्त्री निकट स्रोतले भने पटक पटक साइडको लागि आग्रह गर्दा पनि नदिएकाले कारबाहीको सिफारिस गरेको बताएको छ ।

‘ट्रक चालकहरूले बाटो छेकेर भिडियो बनाइरहेको र हर्न बजाउँदासमेत सडक जाम गरेका कारण कारबाहीका लागि सिफारिस गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार