Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

मानव तस्करी तथा ठगी आरोपमा कांग्रेस नेता पक्राउ


मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

उनलाई पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार