Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

प्रधानमन्त्रीको ढलेँ ढलेँ गीतको जवाफ यसरी फर्काए प्रचण्डले


प्रधानमन्त्री केपी शर्मा ओलीको ढलेँ ढले गीतमा पुष्पकमल दाहाल प्रचण्डले जवाफ फर्काएका छन् । प्रचण्डले संसद् सम्बोेधनका क्रममा केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले गाएको गीत ‘ढलेँ ढलेँ..’ बोलको गीत स्मरण गराउँदै प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका हुन् ।

उनले सत्ता पक्षका दलहरूबिच नै विश्वास नभएको भन्दै सोही कारण ओलीले देउवालाई बारम्बार सत्ता हस्तान्तरण गर्ने भनेर भनिरहेको बताए । ‘तपाईंहरुलाई विश्वास छ भने म यति महिनापछि शेरबहादुरजीलाई सत्ता छाड्छु, भनेको भन्दा ७ दिन अगाडि छाड्छु भनेर प्रधानमन्त्रीले भन्न पर्छ त ? साँच्चै विश्वास भएको भए ?’, प्रचण्डले भने, ‘के शेरबहादुर देउवाले सुन्नु हुन्न र ?’ शेरबहादुरजीको कान र आँखा तगडा नै भएको प्रचण्डले बताए ।

प्रचण्डले आफूले सरकार ढाल्छु भनेर कहिल्यै नभनेको बताउँदै बरु आफ्नै बोझले ढल्छचाहिँ भनेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार