Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

आफ्नै मामाकी छोरीमाथि खुकुरी हान्न खोज्ने अधिकारीले हजुरआमासँग सुटुक्क पास गरेका थिए जग्गा


अहिले सामाजिक सञ्जालमा एक पूरुषले बाटोमा हिंडिरहेकी एक महिला माथि खुकुरी प्रहार गर्न खोजिएको भिडियो भाइरल भइरहेको छ । ती महिला दोलखाकोे बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पारीवारिक अंशबण्डाका कारण आफ्नै मामाकी छोरी शिक्षिका माथि खुकुरी प्रहार गर्न खोजिएको खुलेको छ । अंशबण्डाको बिवादका कारण आफ्नै मामाकी छोरीलाई फुपुको छोरा भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारीले खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् ।

सोमबार स्कुल नजिकै तामाङमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए ।खुकुरी प्रहार गर्न खोज्ने अधिकारीविरुद्ध प्रहरीमा पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

स्कुल छुटी भए पछि घर जाने क्रम शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गर्न खोजेका सिसि टिभि फुटेजमा देखिएको छ ।

पारिवारीक स्रोतका अनुसार शिक्षिका तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्धा दायर भएको थियो । मुद्धा दायरपछि केहि खटपट सुरु भएको थियो ।

शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले मुद्धा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको जनाइएको छ ।

शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए । तामाङमाथि आक्रमण भएपछि उनले हिजो सोमबार नै जिल्ला प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएकी हुन् ।

यस घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार