Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह गठन, अध्यक्षमा तामाङ


नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह नेपाल गठन भएको छ । जिल्लामा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।

आज बुधवार जिल्ला सदरमुकाम विदुरमा भएको महिला सञ्चारकर्मीहरुको भेलाले ७ सदस्यी समूह गठन गरेको छ । जसअन्र्तगत अध्यक्षमा शक्तिमाया तामाङ, उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने, कोषाध्यक्षमा प्रितिका थापा, सदस्यहरुमा पार्वती विक र विनिता पनेरु रहेका छन ।

नव गठित समूहले छिट्टै नै प्रक्रियागत रुपमा काम थाल्ने र महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृिद्धका कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार