Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

३० औं जनयुद्ध दिवसका दिन नयाँ जनवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम सम्पन्न


नयाँ जनवादी मोर्चाले ३० औं जनयुद्ध दिवसका अवसरमा ‘जनयुद्धको महानता एंव नेपाली जनवादी क्रान्तिको कार्यभार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मुलतः जनयुद्ध र उपलब्धिका बारेमा चर्चा भयो ।

अन्तरक्रिया कार्यक्रममा जनवादी मोर्चा नेपालका अध्यक्ष अशोक शर्मा, उपाध्यक्ष विष्णु खड्का त्यसै गरी क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य दिनेश शर्मा (सागर), नेकपाका अध्यक्ष लोकनारायण सुवेदी लगायतका नेताहरु सहभागी थिए ।

कार्यक्रमा अध्यक्ष शर्माले भने, ‘सर्वहारा वर्गको मुक्तिका लागि भएको १० वर्षे जनयुद्धले प्राप्त गरेको परिवर्तनलाई संस्थागत गर्दै आगामी क्रान्तिको कार्यभार नयाँ जनवादी मोर्चा नेपालमा रहेको छ ।’ त्यस्तै मोर्चाका उपाध्यक्ष खड्काले जनयुद्धलाई बदनाम गर्न खोज्ने रामबहादुर थापा (बादल) लगायतका पश्चगामी तत्वलाई जनकारबाही गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रम मोर्चाका प्रवक्ता गणेश घिमिरेले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार