Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

बेलुनमा हाइड्रोजन ग्याँस भर्ने भारतीय नागरिक पक्राउ


पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा ग्याँस भर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेलुनमा हाइड्रोजन ग्याँस भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले जनाएका छन् ।

वडा प्रहरी कार्यालय बैदामले कमलेसलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । फागुन ३ मा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न लाग्दा विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । ग्याँस भर्ने भारतीयसँग त्यसबारे अनुमति लिएको वा नलिएको भनेर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् ।

लापरबाहीपूर्वक कार्यक्रम आयोजना गरिएको बारेमा छानबिन समितिले बयान लिइरहेको छ । कास्कीका प्रजिअ भरतमणि पाण्डेको नेतृत्वमा गठित समितिले त्यसबारे छानबिन गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार