Logo
२७ कार्तिक २०८२, बिहीबार
|  Thu Nov 13 2025

भिरबाट लडेर स्वयंसेविकाको मृत्यु


एक स्वयंसेविकाको भिरबाट लडेर मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

बिहिबार बिहान घाँस काट्दै गर्दा लडेर वादीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटको कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार