Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

मनकामना दर्शनार्थी सवार माइक्रो दुर्घटनाका मृतक र घाइतेको सनाखत


मनकामना मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी सवार माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । गोरखाको शहीद लखन गाउँपालिका–३ मा आज बिहान ११ ः २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस दुर्घटना भएको थियो ।

मृत्य’ हुनेमा चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका–२ कै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा प्रहरीका अनुसार ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार