Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

पूर्वयुवराजा पारस शाहको स्वास्थ्यमा सुधार


हृदयाघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराजा पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।

शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार शाहलाई अहिले प्राइभेट वार्डमा सारिएको । पटक पटक हृदयाघात बल्झिएकाले उनलाई चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।

पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो । पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।

यसअघि उनमा २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार